YouTube Link

समापनमा हलबाट किन निकालियो पूर्वराष्ट्रपति हु जिन्ताओलाई (भिडिओ सहित)

Facebook Link

एजेन्सीः चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलनबाट सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि पार्टी महासचिव चुनेसँगै राष्ट्रिय सम्मेलन बेइजिङमा समापन भएको छ ।

समापन समारोहमा भने पूर्वराष्ट्रपति हु जिन्ताओलाई भने हलबाट निकालिएको भिडियो सार्वजानिक भएको छ । हु जिन्ताओ सन् २०१२ मा चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए ।

७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए ।

समाचार संस्था रोयटर्सका अनुसार अधिवेशनको अन्तिम दिन शनिबार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको बाँयातिरको सिटमा बसेका थिए । त्यहीबेला दुई जना पुरूषहरू आएर उनलाई सिटबाट उठाएर लैजान्छन् ।

समाचार संस्था एएफपीले खिचेको भिडिओमा सुरूमा एक जना पुरूषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका हुँदैनन् । केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन् । जाने बेलामा उनले सीलाई केही कुरा भन्छन् र छेऊमा बसेका प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव जिन्ताओलाई आज किन हलबाट बाहिर निकालिएको भन्नेबारे अधिकारीहरूले केही जानकारी दिएका छैनन् ।

हेर्नुहोस् भिडियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...