नेपाल बैंकद्वारा सन्देशमूलक दशैं भिडियो “मामाघर” सार्वजनिक
वि.सं.२०७९ असोज १२ बुधवार १७:१९
2.9K
shares
काठमाडौं: नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमूलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ ।
दशैंमा बालबच्चाहरुको मामाघरप्रतिको मोह तथा बाल मनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरुमा दिदीभाई दाजुबहिनीहरुको मायाममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमागई टिका लगाउनपनि छोरी सफल भएको देखिन्छ ।
सानो छँदाको दिदिभाईको माया स्नेह विबाह पश्चात विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देश समेत भिडियोले दिएको छ ।
त्यसैगरी डिजिटल बैंकिङ्को प्रयोगलाई प्रवद्र्वन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ । नेपाल बैंक लिले आफ्नो आधिकारीक फेश बुक पेज र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको छ ।
नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधाप्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्षव्य वस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गएको देखिन्छ ।
वि.सं.२०७९ असोज १२ बुधवार १७:१९




















