Rajshow Bivag

देशभर फैलियो डेंगु संक्रमण: २७ हजार ५६९ जनामा डेंगु संक्रमण भेटिएको पुष्टी, ३६ जनाको मृत्यु

Departmant of helth services

 

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको र हालसम्म डेंगुबाट ३६ जनाको मृत्यु भएको जनाएको छ ।

 

डेंगु रोगको संक्रमणबाट हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

 

प्रदेश अनुसार डेंगु रोगका संक्रमितहरु बागमतीमा सबैभन्दा धेरै छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ ।

 

यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेस प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

 

डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ । डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमश: उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

 

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ । यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१, दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...