शेखर पक्षलाई सम्मानजनक हिस्सा दिन तयार भए देउवा

 

काठमाडौं: समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई सम्मानजनक हिस्सा दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताएका छन् ।

 

निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ ।

 

बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए ।

 

समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्षले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो । कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए ।

 

कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पार्टी नेतृत्वसँगै आफूहरुमाथि भएको ‘अन्याय’बारे गठबन्धनका शीर्ष नेताहरुको समेत ‘ध्यानाकर्षण’ गराएका थिए ।

 

गठबन्धनका नेताहरुको व्यवस्थापनका कारण आफूहरुको राजनीति ‘दाउ’मा पर्न गएको भन्दै इतर पक्षका नेताहरुले गठबन्धनका अरु नेतालाई पनि चुनावमा जित निश्चित छ भनेर ढुक्क नहुन चेतावनी दिएका थिए ।

 

समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नि आरजु  राणा देउवा, गृहमन्त्री तथा देउवानिकट नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार लगायतलाई प्राथमिकता दिएर राखिए पनि इतर पक्षका पुराना क्रियाशील तथा शीर्ष नेताहरुलाई पनि सूचीमा पछि पारेको भन्दै शेखर पक्षका नेताहरुले बैठकमा असन्तुष्टि जनाएका  थिए ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...