YouTube Link

मैत्रीपूर्ण खेलमा ट्युनिसियामाथि ब्राजिलको सानदार जित

Facebook Link

 

एजेन्सी: ब्राजिलले फिफा विश्वकप कतार २०२२ को लागि खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र ट्युनिसियामाथि सानदार जित निकालेको छ ।

 

ब्राजिलले ट्युनिसियामाथि ५–१ को सानदार जित निकालेको हो । फ्रन्समा भएको खेलमा ब्राजिलको जितमा राफिन्हाले दुई तथा रिचार्लीसन, नेयमार र पेड्रोले समान एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

 

खेलको ११औं मिनेटमा राफिन्हाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । उनले क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा मोन्टासर तल्वीले बराबरी गोल फर्काए ।

 

त्यसको एक मिनेटपछि नै रिचार्लीसनले राफिन्हाको पासमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । २९औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए ।

 

खेलको ४०औं मिनेटमा राफिन्हाले व्यक्तिगत थप दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ४–१ को अग्रता दिलाए ।

 

खेलको ४३औं मिनेटमा ट्युनिसिया १० खेलाडीमा समेटिन पुग्यो । नेयमारमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले डेलान ब्रोनलाई सिधैं रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

 

यस जितसँगै ब्राजिलले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपमा समूह ‘जी’ मा रहेको ब्राजिलले सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...