YouTube Link

साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ ।

भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...