YouTube Link

कांग्रेसले १०० सिटमा दाबी गर्दा गठबन्धनमा रहेका अन्य दल रनभुल्लमा

Facebook Link

 

काठमाडौं: आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धनमै निर्वाचन लड्ने तयारी गरेका छन् ।

 

त्यसका लागि एउटा कार्यदल निर्माण गरी सिट बाँडफाँड कार्यदल निर्माण गरेका छन् । जुन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

 

सिट बाँडफाँडको लागि बनेको कार्यदलले सिट बाँडफाँडको मोडालिटीबारे छलफल गरेको छ । यसमा नेपाली कांग्रेसले १६५ प्रतिनिधिसभाको क्षेत्रमध्ये १०० सिट आफूहरुलाई हुनुपर्ने माग गरेको छ  ।

 

अन्य दलले यसमा केही बोलेको छैन । यसरी आफूलाई बहुमत सिट चाहिएको दाबी कांग्रेसले गरेपछि यसमा अन्य दलहरु रुष्ट हुन थालेका छन् । उनीहरुले सम्मानजनक सिट दिन माग गरिरहेका छन्  ।

 

तर, यसमा कांग्रेसले नमान्ने अवस्था देखिएको छ  । कांग्रेसले १०० सिट लिए बाँकी रहेको ६५ सिटमा अन्य चार दललाई समेट्नुपर्ने हुन्छ । यसो गर्दा नेकपा माओवादी केन्द्रले ४० देखि ४५ सिट दाबी गर्ने अवस्था रहेको छ  ।

 

यस्तै नेकपा एकीकृत समाजवादी केन्द्रले पनि आफूलाई २० देखि २५ सिट दाबी गरेको छ  ।

 

जनता समाजवादी पार्टीले पनि सोही अनुरुपको सिट दाबी गर्ने देखिन्छ । राष्ट्रिय जनमोर्चालाई पनि भाग पुर्याउनुपर्ने अवस्था छ  ।

 

यस्तो अवस्थामा कांग्रेसलाई बहुमत सिट दिने कुरामा गठबन्धनमा रहेका दलहरु ईच्छुक देखिदैनन् । यो अवस्थामा गठबन्धन नै भत्किन सक्ने समेत देखिन्छ  ।

 

कार्यदललाई जसरी पनि सिट बाँडफाँडको काम टुङ्ग्याउनुपर्ने समस्या आईपरेको छ । हिजो  बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले पनि कार्यदललाई तोकिएको जिम्मेवारी छिटो पूरा गर्न निर्देशन दिएको थियो ।

 

भदौ पहिलो साताभित्र सिट बाँडफाँट टुंग्याउने गरी काम गर्न कार्यदललाई आग्रह गरिएको छ ।

 

कार्यदल बैठकमा सत्ता गठबन्धनका शीर्ष नेतालाई नहराउने गरी सिट बाँडफाँट मिलाउनेबारे पनि छलफल भएको थियो । अहिले कार्यदललाई यो काम सकाउनुपर्ने बाध्यता त छदैछ अर्कातिर गठबन्धन भत्किन नदिनका लागि उचित निकास दिनुपर्ने अवस्था समेत रहेको छ ।

 

कार्यदलले कसरी यो कामलाई फत्ते पार्ने हुन त्यो चाही हेर्न बाँकी रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...