गठबन्धन हुँदैमा चुनाव जितिदैन: देउवा
वि.सं.२०७९ साउन ३० सोमवार १४:०३
2.9K
shares
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन हुँदैमा चुनाव नजित्ने बताएका छन् । उनले आज स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन यस्तो बताएका हुन ।
सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको समेत बताएका छन्। सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ ।
प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३३० सिट छन् । उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर यो सफलता प्राप्त भयो, अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनकै गरेरै अघि बढ्ने हो ।’ उनले गठबन्धन छँदैछ त्यसै निर्वाचन जितिन्छ भन्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।
उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने बताए। उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन । जनताको विश्वास लिन जनतामाझ जानुहोस् ।’ जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए । उनले सिंहदरबारको अधिकार गाउँमा पुगि नसकेको बताए । देउवाले भने, ‘सिंहदरबार गाउँमा लिएर आयौं भन्छौं तर जनताले हामीले केहि पाएनौं भन्न थालिसकेका छन् ।’
वि.सं.२०७९ साउन ३० सोमवार १४:०३




















