Rajshow Bivag

सुनुवार विद्यार्थी समाजको ७औं महाधिवेशन भदौ २५ मा हुँदै

Departmant of helth services

 

काठमाडौं: सुनुवार विद्यार्थी समाज संघीय समितिको ७औं महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ ।

 

समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठकले अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा ७०औं महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

 

समाजको ६औं समितिको तीन वर्षे कार्यकाल समाप्त भएसँगै नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो ।

 

आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेसँगै तयारी तिब्र रुपमा अगाडि बढाईएको संयोजक सुनुवारले जानकारी दिए ।

 

संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको र सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

 

समितिले छात्रवृत्ति वितरण, नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ ।

 

प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमती प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ती सबै जिल्लाका करिव दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने संयोजक सुनुवारले जानकारी दिएका छन् ।

 

महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न विद्यार्थी समाले आह्वान समेत गरेको छ ।

 

विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोग गरेको छ ।

 

महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभ-कामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन समेत आव्हान गरेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...