YouTube Link

सुनुवार विद्यार्थी समाजको ७औं महाधिवेशन भदौ २५ मा हुँदै

Facebook Link

 

काठमाडौं: सुनुवार विद्यार्थी समाज संघीय समितिको ७औं महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ ।

 

समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठकले अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा ७०औं महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

 

समाजको ६औं समितिको तीन वर्षे कार्यकाल समाप्त भएसँगै नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो ।

 

आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेसँगै तयारी तिब्र रुपमा अगाडि बढाईएको संयोजक सुनुवारले जानकारी दिए ।

 

संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको र सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

 

समितिले छात्रवृत्ति वितरण, नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ ।

 

प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमती प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ती सबै जिल्लाका करिव दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने संयोजक सुनुवारले जानकारी दिएका छन् ।

 

महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न विद्यार्थी समाले आह्वान समेत गरेको छ ।

 

विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोग गरेको छ ।

 

महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभ-कामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन समेत आव्हान गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...