देउवाको उपस्थितिमा यसरी हुँदैछ जनप्रतिनिधिहरुलाई प्रशिक्षण
वि.सं.२०७९ साउन ३० सोमवार ०९:३१
1.3K
shares
काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसले वैशाख ३० गतेको निर्वाचनमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखिकरण एवं प्रशिक्षण आजदेखि दिने भएको छ ।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहका प्रमुख उपप्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखउपप्रमुखलाई काठमाडौंमा आज र भोली प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षण कार्यक्रमको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । आज बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ०९:३१




















