YouTube Link

नेपाल बैंक र त्रिवि व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्वन्धि सम्झौता

Facebook Link

 

काठमाडौं: नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ ।

 

सम्झौता अनुसार विभागमा अध्ययनरत विद्यार्थीले बैंकमा इन्टर्नसीप गर्न पाउनेछन् भने विभागका विद्यार्थी र प्राध्यापकहरुमार्फत बैंकको आर्थिक तथा बैंकिङ क्षेत्रमा अनुसन्धानात्मक कार्य संचालन गर्ने छन् ।

 

बैंकको अनुसन्धान सम्वन्धि कार्यको लागि विभागले विषय विज्ञको रुपमा प्राध्यापकहरुको सूची बैंकलाई दिने विज्ञप्तिमा उल्लेख छ ।

 

बैंकका अनुसार सो सूची अन्तर्गत प्राध्यापकहरुलाई आवश्यकता अनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रुपमा नियुक्त गर्नेछ ।

 

बैंकले गरेका अनुसन्धान सम्वन्धि कार्यमा  व्यवस्थापन विभागमा संचालित शैक्षिक कार्यक्रमहरु एमबिए र एमबिएसमा अध्ययनरत विद्यार्थीहरुलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्ति स्वरुप न्यूनतम पाँच जना विद्यार्थीलाई जनही ३० हजार दिने विज्ञप्तिमा छ ।

 

बैंकले एमबिए इन कर्पोरेट लिडरसीप अध्ययन गरेका एक जना छात्र र एक जना छात्रालाई नगद र मेडलसहित नेपाल बैंक कर्पोरेट लिडरसीप अवार्ड दिने जनाएको छ ।

 

सम्झौतापत्रमा विभागका निमित्त विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

 

कार्यक्रममा बैंकका सिइओ कृष्णबहादुर अधिकारीले विश्व विद्यालयसँगको सहकार्यले बैंकको अनुसन्धानमा ठूलो सहयोग पुग्ने बताए ।

 

कार्यक्रममा विभागका एमबिए कार्यक्रम निर्देशक ज्ञानमणी अधिकारी, सह प्राध्यापक डा. धुब्रलाल पाण्डेय, डा. बलराम दुवास र डा. भरतसिंह थापाको उपस्थिती रहेको थियो ।

 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनकुमार कँडेल र कम्पनी सचिव केशव भण्डारीको उपस्थिती थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...