एमालेसँग एकीकरण गर्ने नेकपा एसको संकेत
वि.सं.२०७९ साउन २५ बुधवार १०:३९
4.6K
shares
काठमाडौं: अहिले सत्तागठबन्धनको सिट बाँडफाँडको तयारी भईरहेकै सन्दर्भमा नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी केन्द्रले एमालेसँग एकीकरण गर्ने भित्री तयारी थालेको छ ।
विशेष गरी यसमा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अग्रसरता देखाएका छन् । उनले एमालेसँगै एकीकरण गरेर आगामी संसदीय निर्वाचनमा जानेगरी पार्टीभित्र छलफल मात्र चलाएका छैनन् एमालेका नेताहरुसँग पनि सोही अनुसारको छलफल चलाईरहेका छन् ।
खनालले गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट धोका पाएको निष्कर्श निकाल्दै एमालेसँगै सहकार्य गरेर अगाडी बढ्ने चाहना ब्यक्त गरिरहेका छन् ।
एमालेसँगको एकताका लागि कुरा भईरहेको सन्दर्भलाई समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पनि पुष्टि गरिसकेका छन् । उनले एक संचारमाध्यमसँग कुरा गर्दै पार्टी एकताका लागि कुरा भईरहेको स्वीकारेका हुन ।
तर, उनले यसो भनिरहँदा पार्टी अध्यक्ष मधवकुमार नेपाल पक्षले भने कुनैपनि हालतमा एमालेसँग एकीकरण नहुने बताईरहेका छन् । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा आलीको कार्यशैलीमा परिवर्तन भएमात्र पार्टी एकता हुने बताईरहेका छन् ।
वि.सं.२०७९ साउन २५ बुधवार १०:३९




















