दोस्रो युनाईटेड एफसी नकआउट फुटबल प्रतियोगिता-२०२२ को उपाधि आयोजकले उचाल्यो
वि.सं.२०७९ असार २८ मंगलवार १८:३०
2.1K
shares
कतार: बकर-इद (इद-उल-अधा)को अवसरमा आयोजित दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन-ए-साइड फुटबल प्रतियोगिताको फाईनलमा आयोजक युनाइटेड युथ एफसि कतारले नाईन-स्टारलाई टाईब्रेकरमा ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।
प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोली सबै खेलाडीहरुले क्लबको नाम आफु कार्यरत कम्पनीको नाम राखेर सहभागी भएका थिए भने संस्थागत रुपमा मोना कतार मात्र सहाभागी थियो ।
प्रतियोगिताको विजेतालाई एक हजार ८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई एक हजार २०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र क्लबका ब्यबस्थापक गौतम श्रेष्ठ र प्रबासी भुजेल समाज कतारका उपाध्यक्ष उमेश भुजेलले बितरण गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्विन राई (9star FC), उत्कृष्ट डिफेन्डर बिसु तामाङ (9 star FC), सर्वाधिक गोलकर्ता पारस लिम्बु ( NYC Qatar) ५ गोल, उत्कृष्ट गोल रक्षक आसिस लिम्बु (UYFC), उत्कृष्ट प्रशिक्षक स्याम तामाङ( UYFC) भए सेमिफाईनल र फाइनालको म्यान अफ द म्याच आसिस लिम्बु (UYFC), सागर केसि (PETRO FC) पासाङ लामा (UYFC) चुनिएका थिए ।
प्रतियोगिता ७ तरिक बिहिबार साँझ नेपाली भेट्रान टोली, कतार र UYFC भेट्रान टोलीबीच खेल खेलेर उदघाट्न गरिएको थिए । आयोजकले खेल पश्चात नेपाली भेट्रान टोलीका खेलाडिहरुलाई सम्मान गर्दै ट्रफि मेडल बितरण गरिएको थियो ।
सम्पुर्ण आयोजक टिमको तर्फबाट खेल हार जितभन्दा पनि नेपाली भेट्रान टिमका अग्रज दाईहरुलाई सम्मान गर्ने योजना अनुरुप गरेका बताए । भेट्रान टिमलाई सम्मान पश्चात खुल्ला तर्फको खेल सुरुवात गरिएको थियो । खेल समापन ११ तारिक सोमबार बिहान ४ भएको आयोजकले बताए ।
प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक नेपाली भेट्रान एफसी कतार, सह-प्रयोजक गोर्खा बाईक राईडर ट्रेडिङ डब्लु एल एल, न्यु सारा ब्युटी सलुन र सहयोगिहरुमा दि गोर्खा नेपाली रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट, रोयल नेपाली रेस्टुरेन्ट, झापा एफसी, एच क्यु हाईक्वालिटी टेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी रहेका छ्न । ब्यनार प्रायोजन NRNA-NCC, Qatar का खेल सयोजक रबिन मगरले गर्नु भएको थियो । ब्यक्तिगत रुपमा पनि अग्रज समाजसेवीहरुबाट आर्थिक सहायोग भएको आयोजकले बताए ।
अफिसियल मिडियाहरुमा अखबरनेपाल डटकम, गोलनेपाल डटकम, मध्यान्ह, मुग्लानी खबर, आदर्श सञ्चार, जनचासो खबर, दिप सञ्चार, एभरेषट दैनिक क्युएन खबरले साथ दिएका थिए ।
विशेष गरेर बिदाको समयमा कतारमा रहेका नेपालीहरूबीच भाईचारा, स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड यूथ एफसीले प्रतियोगिता आयोजना गरेको र पहिलो प्रतियोगिता भन्दा यो दोस्रो प्रतियोगितामा धेरै साथ सहयोग मिलेकोले आगामी दिनको लागि अझ हौसला बढेको संयोजक सुनिल लामा तामाङले बताए ।
वि.सं.२०७९ असार २८ मंगलवार १८:३०




















