YouTube Link

समाजवादी कांग्रेसले मनायो राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस

World Cup 2026
Facebook Link

 

काठमाडौं: संवैधानिक प्रजातन्त्रको हिमायती नेपाल समाजवादी कांग्रेसले राष्ट्रिय नागरिक आन्दोलन घोषणा दिवस र धान दिवस असार १५ गते एकै साथ मनाएको छ ।

 

पार्टी मुख्यालय बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा मालेका महासचिव सिपी मैनाली समेत उपस्थित भएका थिए ।

 

विशेष अधिकार सहितको राजसंस्थाको पक्षमा निरन्तर खरो रुपमा उत्रिएको समाजवादी कांग्रेसले २०७८ साल असार १५ गते राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरेको थियो ।

 

त्यस यता चरणबद्ध आन्दोलन गर्दै आएको उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाका बिषयमा चर्को आवाज उठाउँदै आएको छ ।

 

संघीयता र धर्मनिरपेक्षताको खारेजी नभए देश नरहने ठहर सहित पार्टी अध्यक्ष गोबिन्द निरौलाको अगुवाईमा निरन्तर सो पार्टी आन्दोलिन हुँदै आएको छ ।

 

निरौलाले अघि सारेका मुद्दालाई नेता मैनालीले समेत समर्थन गर्दै आएका छन् ।

 

भ्रष्टाचार बढेको, संघीयतामा लगेर देशलाई विघटनको बाटोमा लगेको, वर्तमान संविधान असंवैधानिक र विभेदित रहेको भन्दै निरौलाले समाजवादी कांग्रेस सहितको राष्ट्रिय सरकार गठन गर्न समेत जोडदार माग गरेका छन् ।

 

कार्यक्रमलाई आक्रामक ढंगले सम्बोधन गर्दै उनले अब आफ्नो पार्टीले नयाँ संबिधान घोषणा गरेर अन्तराष्ट्रिय समर्थन जुटाउने र त्यसका लागि सबै क्षेत्रसँग एकसरो सम्बाद भईसकेको बताए ।

 

राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको निम्ति राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेकोले देश बचाउनको निम्ति सबै नेपाली जनताहरुलाई सञ्चालन गरिएको आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै निरौलाले भ्रष्टाचारीलाई नाङ्गेझार पार्न तुरुन्तै अर्को कार्यक्रम सार्वजनिक गरिने बताए ।

 

देखिने गरि भ्रष्टाचारीलाई कारवाही गरेर उसले थुपारेको अकुत सम्पत्ति राज्यको कोषमा दाखिला गर्ने उनको भनाई छ ।

 

२०७० चैत्र २५ गते काठमाडौंको दक्षिणकाली मन्दिरबाट घोषणा गरिएको सो पार्टीले देवीको जस्तै रुद्ररुप सहितको आन्दोलनको आंधीबेहरीले ब्यबस्था नै परिवर्तन गराउने अध्यक्ष निरौलाले बताएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...