Texas College
YouTube Link

चेपाङ समुदायको माग पूरा गर्दै बागमती प्रदेश

Facebook Link

 

काठमाडौं: सिमान्तकृत पिछडिएको समुदायको रुपमा रहेको चेपाङ जातिको मागलाई बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० बजेटले पूरा गर्ने भएको छ ।

 

प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवनलाई चेपाङ सुरक्षित विशेष क्षेत्र घोषणा गरेर आवश्यक बजेट समेत विनियोजन गरेको छ ।

 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको बजेटमा तीन जिल्लामा चेपाङ जाति बाहुल्य रहेको चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउने जानकारी दिए ।

 

अति विपन्न र पिछडिएको जातिको रुपमा रहेको वनकारिया, चेपाग, माझी र जिरेल जातिका लागि विशेष कार्यक्रम ल्याइने घोषण समेत बजेटमा गरिएको बताइएको छ ।

 

लामो समयदेखि आफूहरुले उठाउँदै आएको माग पूरा भएकामा चेपाङ समुदाय हर्षित छन् । उक्त समुदायबाट मुलुकमा पहिलो पटकमन्त्री भएका प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले सीमान्तकृत चेपाङ समुदायको हितका लागि चेपाङ सरक्षित क्षेत्र घोषणासहित आवश्यक बजेटका लागि मन्त्री जम्मकट्टेललाई आग्रह गरेकामा चेपाङ जातिको उत्थानका कार्यक्रम परेको जानकारी दिए ।

 

प्रदेश सरकारले आगामी दिन चेपाङ संरक्षित क्षेत्र सम्बन्धि कार्यविधि बनाइ बजेट कार्यावन्यन गरिने राज्यमन्त्री प्रजाले बताए । चेपाङ संरक्षित क्षेत्र घोषणाका अलावा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा धादिङ, मकवानपुर र चितवनमा बसोबास गर्ने अतिविपन्न चेपाङ समुदायको आवास निमार्णका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

 

मकवानपुको विकट राक्सिराग गाउँपालिकामा रहेका चेपाङहरुको अवस्था दयनीय छ । सीप, शिक्षा, रोजगारी र आर्थिक अभावले उनीहरुलाई दैनिक गुजारा गर्नसमेत समस्या भएको वडा नं ७ का पूर्ववडाध्यक्ष रामबहादुर प्रजाले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...