कांग्रेस, एमाले र समाजवादीको घोषणापत्रलाई समेट्दै बालेन
वि.सं.२०७९ असार ५ आइतवार ०९:३२
2.6K
shares
काठमाडौँ : काठमाडौ महानगरपािलकाका मेयर बालेन्द्र साहले महानगरपालिकामा जितेका दलका घोषणापत्रलाई पनि आफ्नो कार्यक्रममा समावेश गर्ने भएका छन् । आज महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।
आज तीन बजे उक्त कार्यक्रममको राष्ट्रिय सभागृहमा सार्वजनिक हुने भएको हो । नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश भएका कार्यक्रमलाई पनि समेट्ने गरी तयारी गरिएको मेयर साहको सचिवालयलय जनाएको छ ।
महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एक वडामा जित हासिल गरेको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । महानगरपालिकाले यही असार १० मा बजेट ल्याउदैछ ।
वि.सं.२०७९ असार ५ आइतवार ०९:३२



















