YouTube Link

आइजीपी नियुक्तिबिरुद्धको मुद्धाको सुनुवाई हुँदै

Facebook Link

काठमाडौं : नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) नियुक्तीबिरुद्ध सर्बोच्च अदालतमा परेको मुद्धाको आज सुनुवाई हुँदैछ ।

जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो । सोही अनुसार आजबाट निरन्तर सुनुवाई हुने भएको हो ।

अतिरिक्त महानिरिक्षक(एआईजी)का लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक(डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।

एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसकेका छन्।

आफुभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हालेका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनेछन्।

अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फ बाट एक जना कानुन व्यवसायीले बहस सकेका छन्। सोही स्थितिबाट आज सुनुवाई सुरु हुने छ।

सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट पोखरेलले सरकारको निर्णयविरुद्ध रिट हालेका थिए।

बैशाख २० गते सुश्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेपनि पेशी सार्न नमिल्ने गरि जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो। जेठ १७ गते मुद्धा लगाउमा राखिएको र कतिपय विपक्षीलाई म्याद तामेल नभएको भन्दै जेठ ३० गतेका लागि पेशी तोकिएको थियो।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...