Texas College
YouTube Link

भर्चुअल माध्यमबाट कुर्था-जयनगर रेल उद्घाटन शनिबार गरिदै

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट कुर्था-जयनगर क्षेत्रमा सञ्चालन हुने रेलको शनिबार उद्घाटन हुने भएको छ ।

 

शनिबार नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट रेलको उद्घाटनको बेला जनकपुरमा एक कार्यक्रम हुनेछ ।

 

जसमा भारतीय पक्षका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणुकुमारी यादवको उपस्थिती हुने बताईएको छ ।

 

फागुन १ गतेदेखि जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म दिनको एक पटक रेल बिना यात्रु ‘ड्राइ रन’ भइरहेको छ ।

 

लामो समयदेखि नचलाई राखेको हुनाले दिनको एक पटक ‘ड्राइ रन’ गराइएको हो । नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले सयुक्तरुपमा उद्घाटन गरेपछि यात्रुसहित नियमित रेल सञ्चालन गरिने छ ।

 

रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीले तालिम दिईएको छ । कुर्थादेखि जयनगरसम्म चल्ने रेल्वे सेवाको भाडासमेत तय भइसकेको छ ।

 

कुर्था–जयनगरसम्म सामान्यमा ७० रुपैयाँ भाडादर कायम गरिएको छ भने एअर कन्डिसन(एसी) सहितमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

 

उक्त रेलमा १ हजार २ सय देखि १ हजार ३ सय जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...