आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाईदै
वि.सं.२०७८ फागुन १२ बिहीवार १०:२४
2.7K
shares
काठमाडौं: फागुन १ गतेदेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने भएको छ ।
हिजो बुधबार आन्दोलनरत पक्षसँग सहमति भएपछि आजबाट फोहोर उठ्ने भएको हो ।
काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईका अनुसार फोहोर फल्न लैजाने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन ।
हिजो बुधबार फोहोर उठाउने काम गरिरहेका ठेकेकदार र स्थानीयहरुबीच सहमति भएपछि फोहोर उठ्ने भएको हो । काठमाडौमा अहिले फोहोर नउठेका कारण सडक दुर्घन्धित बन्दै गईरहेको थियो ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १०:२४



















