YouTube Link

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

Facebook Link

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी छलफल र कूटनीतिक पहललाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सिर्जना भएको राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरू आ-आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्यमा जुटेका हुन् ।

 

नयाँ सत्ता समिकरणका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सत्ता साझेदारी गर्ने प्रारम्भिक सहमति भइसकेको छ । सोही सहमति अनुसार स्पष्ट बहुमत जुटाउनका लागि अन्य साना दलहरूसँग पनि वार्ता अघि बढाइएको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग निरन्तर संवाद भइरहेको र चाँडै नै प्रदेशको राजनीतिक गतिरोध अन्त्य हुनेछ ।

 

यसैबीच, नयाँ सरकार गठनको अन्योल अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि सर्वदलीय छलफल चलाएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनका अनुसार मुख्यमन्त्री बानियाँले नयाँ सरकारका लागि स्पष्ट बहुमत जुटाउन वा मुलुकको राजनीतिक स्थिरताका लागि वर्तमान कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन अन्य दलहरूसँग आग्रह गरेका छन् । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा राप्रपाका एक सांसद निलम्बित अवस्थामा रहेकाले हाल  ११० मध्ये १०९ सांसद कायम रहेका छन् । यस प्रदेशमा सरकार गठनका लागि बहुमत अर्थात् कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्दछ ।

 

प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ सिट (एक निलम्बनपछि ३६ सक्रिय) छ भने एमालेसँग २७ सिट र नेकपासँग २१ सिट रहेको छ । यस्तै राप्रपासँग १३ (१२ सक्रिय), नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट रहेको छ । नेपाली कांग्रेस र एमाले-नेकपा गठबन्धन दुवै पक्षलाई साना दलहरूको सहयोगविना स्पष्ट बहुमत (५५ सिट) पुर्‍याउन कठिन देखिएकाले नयाँ सरकार निर्माणको प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । दुवै पुराना राजनीतिक शक्तिहरूले साना दलहरूलाई आफ्नो पक्षमा पारेर सरकारको नेतृत्व हत्याउने होडबाजी जारी राखेका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...