YouTube Link

‘ए’ डिभिजन लिग फुटबलको १२औँ चरणका खेल खेलहरू आजबाट

Facebook Link

काठमाडौंः जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण तथा लिगको १२औँ चरणका खेल खेलहरू आजबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै साताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सक्काउने गरी तालिका सार्वजनिक गरेको छ ।

बिहीबारबाट तीन दिनसम्म चल्ने अन्तिम चरणका खेलहरु शनिबार समापन हुनेछ ।

एन्फाले यस चरणका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ ।

समापनको खेल बाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् ।

आज पहिलो दिन दुई खेल हुनेछ । एन्फा कम्प्लेक्समा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमुनेसामुने हुनेछन् ।

शुक्रबार पनि दुई खेल हुनेछ । दुबै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ ।

अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् ।

यता, लगातार शीर्ष डिभिजन लिग च्याम्पियन भइसकेको मछिन्द्र फुटबल क्लबले एपीएफ फुटबल क्लबको चुनौती सामना गर्दै अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ ।

यी दुईबीचको खेल दशरथ रंगशालामा ४:३० बजे सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...