विश्वकप छनोटमा नेपालले दियो फिलिपिन्सलाई २१९ को विशाल लक्ष्य, कुशल बने शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी
वि.सं.२०७८ फागुन ७ शनिवार १३:३५
2.9K
shares
काठमाडौं: ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो ।
नेपालका कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए ।
कुशल भुर्तेलले जारी टी-२० विश्वकपको ग्लोबल छनोटमा सानदान शतक प्रहार गरेका छन् ।
योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।
उन्नाइसौं ओभरको तेस्रो बलमा एक रन लिदैँ कुशलले शतक पूरा गरेका हुन् ।
उनले ५७ बलमा शतक पूरा गरेका थिए ।
यसैबीच दीपेन्द्रसिंह ऐरीले ४७ बल खेल्दै ८३ रन बनाए ।
यसअघि आसिफ शेस शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए ।
लोकेश बम ६ रनमा नटआउट रहे ।
फिलिपिन्सविरुद्धको २१८ रन नेपालले टी-२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो योगफल हो ।
यसअघि नेपालले कीर्तिपुरमा नेदरल्याण्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो ।
वि.सं.२०७८ फागुन ७ शनिवार १३:३५




















