YouTube Link

फिलिपिन्समाथि नेपालको १३६ रनको फराकिलो जित

Facebook Link

 

काठमाडौं: ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

 

नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो ।

 

त्यसअघि ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो ।

 

नेपालका ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए ।

 

उनले १३ चौका र एक छक्का प्रहार गरे ।

 

योसँगै उनी उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बने ।

 

कुशलसँग तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाएका थिए ।

 

दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

 

योसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने ।

 

नेपालका अर्का ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए ।

यस्तै लोकेश बम ६ रनमा नटआउट रहे ।

 

फिलिपिन्सका ड्यानियल स्मिथ, मिगी पोडोस्की र गुरभीपिनदर चोहानले १-१ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...