YouTube Link

नेपालमा एमसीसीको विषय सडकदेखि सदनसम्म पेचिलो बन्दै

Facebook Link
vision

 

नेपालमा एमसीसी परियोजना सन्दर्भ यतिखेर चर्को विवादको विषय बनेको जगजाहेर छ । त्यसमा पनि यसलाई विस्तारै राजनीतिक एवम् सामरिक सम्बन्धलाई जोडेर नेपालको असंलग्न परराष्ट्र नीतिका साथै नेपालको सुरक्षा, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा सार्वभौमसत्तामा आँच आउन सक्ने कुराको पैरवी गरेर एमसीसी परियोजना नेपालमा लागू गरिनु हुन्न भन्ने एउटा पक्षधर देखिन्छ भने सरसर्ती एमसीसीले निर्दिष्ट गरेको उद्देश्यलाई विशेषतः विकासोन्मुख तथा अल्पविकसित राष्ट्रहरूमा अन्तर्राष्ट्रिय रुपमा गरिबी न्युनीकरण अभियानमा परिचालन हुने परियोजनाका रुपमा अङ्गीकार गरेर यसलाई लागू गर्नु पर्छ भन्ने अर्को पक्षधर देखिन्छ ।

 

प्रस्तुत परियोजनाको आर्थिक बाँडफाँडको खाकालाई हेर्दा ९५ लाख डलर निगरानी तथा शीर्षकमा, ४ करोड डलर परियोजना प्रशासनिक शीर्षकमा, ५ करोड २३ लाख डलर सडक स्तरोन्नति शीर्षकमा तथा ३९ करोड ८२ लाख डलर विद्युत ट्रान्स्मिसन परियोजना शीर्षकमा बाँडफाँड गरी जम्मा ५० करोड डलर लागतको परियोजनामा नेपाल सरकारको समकारक कोषस्वरुप १३ करोड डलर गरी कुल ६३ करोड डलरको परियोजना देखिन आउँछ ।

 

मेरो गोरुको बाह्रै टक्का भनेर अल्पजानकार सर्वसाधारणको काँधमा बन्दुक राखेर निशाना साध्ने संस्कारको अन्त्य गर्दै जिम्मेवार राजनैतिक दल तथा अन्य सरोकारवालाहरूले गोलमेच सम्मेलन गरी निचोडमा पुग्नु अत्यावश्यक देखिन्छ । थपमा यसमा सामरिक कुरो जोडिएको छैन भनेर एम्. सी. सी. परियोजनाको आधिकारिक पक्षबाटै कुरा आइरहँदा यसमा हाम्रो तर्फबाट स्पष्ट बनेर निकास दिने वा रोक लगाउने तर्फ तत्काल कदम चाल्नु हाम्रो कर्तव्य हो ।

 

विरोधी पक्षधरले उठान गर्नुभएको विषयवस्तुको धरातलमा उभिएर निष्पक्षतापूर्वक मूल्याङ्कन गर्ने हो भने निश्चित रुपमा यो जायज आवाज हो तथापि यो परियोजनामा २ पाटाहरू सामुन्ने आएका छन् । अतः दुवै पाटाहरूलाई उत्तिकै प्राथमिकतामा राखेर गम्भीरतापूर्वक अध्ययन तथा विश्लेषण गरेर आवश्यक भए परिमार्जन तथा संशोधन गरेर जानु नै जनता र राष्ट्रका हीतमा हुनेछ ।

 

मेरो गोरुको बाह्रै टक्का भनेर अल्पजानकार सर्वसाधारणको काँधमा बन्दुक राखेर निशाना साध्ने संस्कारको अन्त्य गर्दै जिम्मेवार राजनैतिक दल तथा अन्य सरोकारवालाहरूले गोलमेच सम्मेलन गरी निचोडमा पुग्नु अत्यावश्यक देखिन्छ । थपमा यसमा सामरिक कुरो जोडिएको छैन भनेर एम्. सी. सी. परियोजनाको आधिकारिक पक्षबाटै कुरा आइरहँदा यसमा हाम्रो तर्फबाट स्पष्ट बनेर निकास दिने वा रोक लगाउने तर्फ तत्काल कदम चाल्नु हाम्रो कर्तव्य हो ।

 

यहाँनेर आएर हाम्रो यो सम्पादकीयले एमसीसी परियोजना लागू गरिनु पर्छ वा पर्दैन भन्ने विषयको पक्ष वा विपक्षमा बिचार अभिव्यक्त गरिरहेको नभएर बरु तटस्थ ध्रुवमा उभिएर जनता र राष्ट्र हीतमा आफूलाई होमी सक्नुभएका हाम्रा आदरणीय तथा श्रद्धेय सम्पूर्ण नेतागण तथा सरोकारवालाहरूमा अनुनय गरिरहेको मात्र हो ।

 

 

विकासका नाममा नेपालको सुरक्षा, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा सार्वभौमसत्तामा आँच आउन कुनै पनि रुपमा सही हुन सक्दैन भने यदि यी कुरामा एमसीसी परियोजनाले कुनै आँच नआउने प्रतिबद्धता जाहेर गर्दछ भने विकासलाई टाल्ने धृष्टता पनि गर्नु हुन्न । मुखबाट अनेक आदर्शका कुरा छाँट्ने तर आफ्नो ४-५ सदस्यीय परिवारको समस्यालाई व्यवस्थित गरेर अगाडि बढ्न नसकेका पुङ न पुच्छरका ठुटे नेताहरू पनि हामी नेपाली छ्याप्छ्याप्ती देखेकै छौँ र दुर्भाग्य त्यस्ताको कुरा सुनेर उनीहरूको पछि लागेर आफ्नो भविष्य नै बर्बाद पार्ने कुसुण्डाहरू पनि हामी रहेबसेकै टोलछिमेकमा देखेका छौँ । राज्य संयन्त्रको नीतिनिर्माण तहमा आसीन प्रबुद्ध एवम् जिम्मेवार पक्षले शब्दवीरहरूको हल्लाहको पछि नलागेर राष्ट्र र जनताको हीतमा समर्पित कर्मवीरहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु समयको वास्तविक माग हो ।

 

हामीले गत २०७८ फाल्गुण ४ गतेको बिरोध कार्यक्रमलाई नजिकबाट हेरेका छौँ । त्यो बिरोध कार्यक्रममा राष्ट्र प्रेमका कुराभन्दा अनर्गल कुराको नाराबाजी बढी जोर लगाएर गरेको पनि पाइयो । हामी हाम्रा नेतालाई सम्मान गर्न समेत सक्दैनौ र सार्वजनिक रुपमा तथानाम गाली गरेर हिड्छौँ भने हामी कुन संस्कारबाट आएका छौँ ? भन्ने प्रश्न पनि कम महत्त्वको पक्कै होइन । व्यक्तिगत रुपमा गलत पाइएमा कानूनले उपचार गर्छ किनकि यो कानूनी राज्य हो । यदि कानूनले पनि केहि गर्न सक्दैन भने नाराबाजीले गर्ला त ?

 

नाराबाजीकै क्रममा यो स्तम्भकारले आफ्नै कानले सुनेकोः सिंहदरबार – जलाउनै पर्छ, संसद भवन – जलाउनै पर्छ । के हो यो ? एमसीसी परियोजना लागू नगर्नेसम्मको बिरोधाभास त हामीलाई सुन्नयोग्य लाग्यो तर यसमा सिंहदरबार अनि संसद भवन जलाउने कुरा कताबाट आयो र किन आयो ? यसबाट यस्ता जुलुसमा वास्तविक पात्रहरूमात्र नभएर उच्छृङ्खल तत्त्व भनु या अराष्ट्रिय तत्त्व भनु अथवा आतङ्ककारीहरू पनि मौकाको ताकमा हुन सक्ने कुरालाई नकार्न नमिल्ने देखिन्छ । अझ बिडम्बना सबै राजनैतिक दलका उत्कृष्ट नेताहरूको नाम लिएर अनर्गल गालीगलौजको भाषामा अतिरञ्जन गरेको पनि पाइयो ।

 

निष्कर्षमा, हामी नेपाली हौँ । हामीलाई हाम्रो सार्वभौमसत्ता, स्वाभिमान प्यारो हुन्छ अनि हुनु पनि पर्छ । हाम्रो देश नेपाल हो र नेपाल नरहे हामीले आफूलाई नेपाली भनेर परिचय दिने पहिचान नै गुम्छ । अतः नेपालको सुरक्षा तथा नेपालले अङ्गीकार गरेको असंलग्न परराष्ट्र नीतिको सकुशलता पनि हाम्रालागि उत्तिकै महत्त्व राख्ने भएकोले सोहि मुताविक गर्नगराउन आवश्यक छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...