मादक पदार्थ सेवन गरी एकै परिवारका दुई जनाको हत्या
वि.सं.२०७८ माघ २४ सोमवार ०८:३८
2.8K
shares
सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङ निवासी ३८ वर्षीय विजय तामाङले बासको भाटा र ढुंगाले प्रहार गरेर छिमेकीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका तामाङले सोही ठाउँकी ७० वर्षीया बासु माया तामाङ र उनका भाई ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी कक्षकुमार बस्नेतले जानकारी दिए ।
तामाङले अन्धाधुन्द बाँसको भाटा र ढुंगाले प्रहार गर्दा दुबैको घटनास्थलमै मृत्यु भएको बस्नेतले बताए ।
‘विवादको क्रममा विजयले सन्तबीरलाई कुटपिट गरेको देखेपछि बासुमाया छुट्याउन गएको देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘त्यही क्रममा उसले बासुमायाको पनि हत्या गरेको हो ।’ मृतक दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे लगिएको छ ।
हत्यापछि फरार भएका तामाङलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैको सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो ।
वि.सं.२०७८ माघ २४ सोमवार ०८:३८




















