विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज खोप लगाईदै
वि.सं.२०७८ माघ २४ सोमवार ०९:३९
1.8K
shares
काठमाडौं: पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म कोभिड-१९ विरुद्धको फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ ।
शनिबार बाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउन पाइनेछ ।
वि.सं.२०७८ माघ २४ सोमवार ०९:३९




















