आजदेखि हट्यो सवारीसाधनमा जोर-बिजोर नियम
वि.सं.२०७८ माघ २४ सोमवार ०८:११
2.2K
shares
काठमाडौं: उपत्यकामा चल्ने सवारीसाधनमा लगाइएको जोर-बिजोर नियम आज (सोमबार)देखि हटाइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि भनेर लागु गरिएको जोर-बिजोर दुवै नम्बर वाला सवारीसाधान आजबाट एकसाथ चलाउन पाइन्छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसअनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि लागू हुनेगरी सवारीसाधानमा जोर–बिजोर नियम हटाएका हुन् ।
हेर्नुहोस् नयाँ आदेशः
वि.सं.२०७८ माघ २४ सोमवार ०८:११




















