देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना, चिसोबाट बच्न र सतर्कता अपनाउन विभागको आग्रह
वि.सं.२०७८ माघ १३ बिहीवार १०:२२
2.1K
shares
काठमाडौं: देशका विभिन्न भू-भागमा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
तराईका भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।
आज दिउँसो प्रदेश १, वागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, वागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज दिउँसो काठमाडौंको तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्नेछ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १०:२२




















