YouTube Link

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने

हालसम्म ५ वटा अनुसन्धान, ४ वटा अदालतमा, एउटा अनुसन्धानमा

Facebook Link

 

 

काठमाडौं: नेपालमा अवैध क्रिफ्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ लाख ११ हजार एक सय बराबरको बिगो कायम गरी मुद्दा दायर भएको छ ।

 

राजस्व अनुसन्धान विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा गरेको मुद्दामा एउटा परिवारकै संलग्नता रहेको दाबी गरिएको छ ।

 

विभागका अनुसार कैलाली लम्कीचुहा-१०, स्थायी घर भई हाल काठमाडौंको कालो पुलमा बस्दै आएका दिनेश खड्काको परिवारमाथि मुद्दा दर्ता गरेको हो ।

 

खड्काले ई-स्क्रेलल र बाइनान्स नामको एपमार्तफ पैसाको कारोबार गर्थे । यो यस्तो एप मानिन्छ, जसमा डलरको कारोबार हुने गर्छ ।

 

यस्तै, गत माघ ७ गते क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्‍यो ।

 

महानगरीय अपराध महाशाखाको टोलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका- ११ कर्नास घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन् ।

 

पक्राउ व्यक्तिहरू मध्येका राजन भट्टराईले हालसम्म ९ सय ७५ जनासँग एक हजार ९ सय २६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

 

अन्य दुई जनाले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी केही घटनाहरू भएको जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले  हालसम्म क्रिप्टोकरेन्सीका ५ वटा घटना अनुसन्धान भएको जानकारी दिए ।

 

‘क्रिप्टोकरेन्सीको उजूरी विशेष गरि कहिलेकाहीँ राज्यका विभिन्न निकायबाट नै आउने गरेको छ । भौतिक रुपमा नभइ यो अनलाइनका रुपमा हुने भएकाले यसमा संग्लनलाई खोज्न असहज भएपनि कठिन भने छैन’, प्रवक्ता महतोले भने ।

 

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाएको छ ।

 

राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टोकरेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो ।

 

क्रिप्टोकरेन्सीको विशेषता भनेको डिजिटल वा भर्चुअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो । यसलाई नेपालको केन्द्रीय बैंकले मान्यता नदिएको कारणले यो धन्दा गैह्रकानूनी हो ।

 

विभिन्न एपमार्फत डलरको आदानप्रदान गर्ने भएकोले यो सोझै व्यक्तिको हातमा वा बैंकको खातामा पुग्छ । गलत काम विरुद्ध सर्वसाधारणलाई सुसूचित बनाउन, वित्तिय साक्षरताको टुलका रुपमा बैंकले विज्ञप्ती जारी गरिसकेको छ ।

 

क्रिप्टोकरेन्सीको हकमा केहि मान्छेहरू ठगिएको भन्ने सुचना राष्ट्र बैंकले पनि प्राप्त गरेको छ । क्रिप्टोकरेन्सीलाई राज्यले कानूनी मान्यता नदिएको कारणले यसतर्फ आकर्षण गराउने गिरोहलाई कानूनको दायरामा ल्याउने, नेपालमा कानुन कार्यान्वयनमा लागेका व्यक्ति वा संस्थाले यसलाई चासोको रुपमा हेरिरहेका ब्यूरोका प्रवक्ता महतोले बताए ।

 

यो नेटवर्किङ प्रकृतिको व्यवसाय छ । यसमा मान्छेलाई प्रलोभनमा पार्ने, कतिपय विषयमा आम सर्वसाधारणलाई थाहा नै नहुने महतोले जानकारी दिए ।

क्रिप्टोकरेन्सी: लोभले लाभ, लाभले विलाप

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...