YouTube Link

राष्ट्रियसभा सदस्यका लागि ७ वटै प्रदेशमा मतदान जारी

मतदान शान्तिपूर्ण भएपनि केही ठाउँमा तनाव

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: राष्ट्रियसभा सदस्यका लागि रिक्त हुन लागेका १९ सिटका लागि ७ वटै प्रदेशमा मतदान जारी छ ।

 

मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

मधेश प्रदेशमा झडप भएपनि अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । यद्यपि मतदान भने नरोकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेशसभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् ।

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।

 

किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आज निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए ।

 

 

बागमती प्रदेशमा पनि माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।

 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो ।

 

हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको थियो ।

 

अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ । प्रदेश १ मा सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए । मुख्यमन्त्री राजेन्द्र राईले पनि मतदान गरेका थिए ।

 

यसैगरी लुम्बिनी प्रदेशको दाङस्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि नै मतदान जारी छ । मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरे ।

 

पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् ।

 

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन भइरहेको हो ।

 

लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिदैछ ।

 

यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ । सुदूरपश्चिममा तीन सिटका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा मतदान शुरू भएको थियो ।

 

गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...