YouTube Link

‘सेक्स च्याट’बाट यौनजन्य क्रियाकलप गरेको अभियोगमा बेलायत प्रहरीद्वारा एक नेपाली पक्राउ

Facebook Link

 

बेलायतः सामाजिक सञ्जाल अनलाइन मार्फत १३-१४ वर्षका बालिकासँग यौनजन्य संवाद गरी यौन सम्बन्धका लागि घरमा बोलाउने गरेको आरोपमा एक नेपालीलाई बेलायती प्रहरीले पक्राउ गरेको छ ।

 

आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका प्रस्ताव राख्ने बेदबहादुर खड्का उर्फ निशान क्षेत्रीलाई आइतबार सेफिल्डबाट समातिएका हुन् ।

 

अनलाइनमा बढिरहेको यौनजन्य अपराध नियन्त्रणका लागि कार्यरत सामुदायिक स्वयंसेवी समूह एलिट टिमले खड्कालाई समातेर प्रहरी समक्ष बुझाएको हो ।

 

खड्काले ‘अण्डर एज’ १६ वर्ष मुनीका कम्तीमा ४-५ जनासँग ‘सेक्स च्याट’ गर्ने गरेको स्वीकारेका छन् ।

 

बालिकाको स्तनको आकार सोध्ने, आफ्नो गोप्य अंगको तस्बिर पठाउने, बालिकाको यौनांगको तस्बिर माग्ने जस्ता यौनजन्य कुरा गरेका पाइएको छ ।

 

एलिट टिमले समातेर केरकार गर्ने क्रममा खड्काले आफूले १३ वर्षीया बालिकालाई छोरी वा बहिनी सोचेको जिकिर गरेका थिए ।

 

तर त्यस्तो यौन च्याटबारे प्रमाण देखाउंदा उनले कहिले मदिरा पिएको बेला दिमागले काम गर्दैन भनेका छन् भने कहिले आफू सुतेको बेला पनि स्मार्ट फोनमा औंलाले थिचिएर तस्विर जाने गरेको हांस्यास्पद जवाफ दिएका छन् ।

 

खड्काले बेडमा बसेर एक १४ वर्षकी बालिकासँग राती ‘यो सेक्स गर्ने समय हो’ भनेका थिए ।

बेलायतमा १६ वर्ष पुगेपछि आपसी समझदारी भए मात्र यौन क्रियाकलाप गर्न कानूनी छुट छ ।

 

यो उमेर अघि यौनसम्बन्धी कुराकानी वा क्रियाकलाप गरे गम्भीर अपराध मानिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...