Rajshow Bivag

मानिसको शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण

Departmant of helth services

 

 

एजेन्सीः चिकित्सा विज्ञानमा वैज्ञानिकले पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।

 

अमेरिकाका एक व्यक्ति यस्ता पहिलो व्यक्ति बनेका छन् जसको शरीरमा आनुवंशिक रुपले संशोधित सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ र त्यो मुटुले काम गरिरहेको छ ।

 

डाक्टरहरुका अनुसार अमेरिकाको बाल्टिमोरमा ७ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीन दिनपछि ५७ वर्षीय डेभिड बेनेट स्वस्थ भइरहेका छन् ।

 

यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम आशा थियो । यद्यपि यो मुटुबाट उनी लामो समयसम्म जीवित रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 

सीएनएनको एक रिपोर्ट अनुसार शल्यक्रियाभन्दा अघिल्लो दिन बेनेटले भनेका थिए ‘यो प्रत्यारोपण बाँच वा मर जस्तो हो । मलाई थाहा छ यो अँध्यारोमा तीर चलाउनु जस्तै हो तर यही मेरो अन्तिम अवसर हो ।’ बेनेटको यो सर्जरी नगरिएको भए उनी मर्ने निश्चित थियो ।

 

यही आधारमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामक निकायले यो प्रक्रियाको लागि विशेष छुट दिएको थियो ।

 

यो प्रत्यारोपण गर्ने मेडिकल टिमले कैयौं वर्षको शोधको आधारमा यो सफलता हासिल गरेका हुन् । यो सफलताले विश्वमा कैयौं मानिसहरुको जीवन बदल्न सक्नेछ ।

 

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक बयानमा सर्जन बार्टले पी ग्रिफिथको हवाला दिँदै भनेको छ ‘यो सर्जरीले विश्वलाई अंगहरुको कमीको संकट सुल्झाउनेतर्फ एक कदम नजिक ल्याएको छ ।’

 

अमेरिकामा प्रत्येक दिन अंग प्रत्यारोपणको प्रतिक्षा गरिरहेका १७ जनाको मृत्यु हुने गरेको छ र १ लाखभन्दा धेरै मानिसहरु प्रत्यारोपणको लागि प्रतिक्षा गर्नेको सूचीमा छन् ।

 

यो कमीलाई पूरा गर्नको लागि जनावरका अंगहरुको प्रयोगका विषयमा सम्भावना खोज्ने काम धेरै पहिलेदेखि भइरहेको छ । यो प्रक्रियालाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...