Texas College
YouTube Link

एनसेलबाट एनआईसी बैंकको मोबाइल बैंकिङ्ग निःशुल्क चलाउन सकिने

Facebook Link

 

काठमाडौं: एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ्गको प्रबर्द्धनका लागि आफ्नो मोबाइल बैंकिङ्ग Website, iServe तथा Internet Banking मा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी Ncell मा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

 

यस सुविधा मार्फत बैंकका ग्राहकहरूले Ncell को डाटा प्रयोग गरी बैंकको एप, iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिकनेछ ।

 

यस निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहक महानुभावहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नेछन् ।

 

NIC ASIA MoBank App.: अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, QR भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिनेछ । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन सकिनेछ । NIC ASIA MoBank प्रयोगकर्ताले कार्ड बिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal)को प्रयोग गर्न सकिनेछ र एपमा रहेको ‘Customer Care’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सकिनेछ ।

 

iServeM यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सकिनेछ ।

 

WebsiteM बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नुहुनेछ । जसमा अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

 

Internet BankingM यस मार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

 

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहक महानुभावहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank, iServe, Website तथा Internet Banking प्रयोग सुविधा Ncell का ग्राहकहरूलाई उपलब्ध हुनेछ ।

 

बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।

 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई iServe मार्फत अघि बढाईरहेको छ ।

 

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

 

२७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

 

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

 

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...