YouTube Link

साताको तेस्रो दिन शेयर बजारमा हरियाली

Facebook Link

 

काठमाडौं: साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ ।

 

शेयर कारोबार मापक नेप्से परिसूचक ६३ दशमलव ०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।

 

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको भन्दा करिब २१ करोड कम भएको छ ।

 

आज ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भयो ।

 

सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।

 

आज शेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा छन् ।

 

यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

यसैगरी मध्य भोटेकोशी, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

आज शेयर मूल्य धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन् ।

 

कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आइसिएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।

 

डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिलो नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल छ ।

 

आज धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँग मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक छ ।

 

यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...