साताको तेस्रो दिन शेयर बजारमा हरियाली
वि.सं.२०७८ पुस २० मंगलवार १६:१४
काठमाडौं: साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक ६३ दशमलव ०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।
नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको भन्दा करिब २१ करोड कम भएको छ ।
आज ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भयो ।
सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।
आज शेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा छन् ।
यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी मध्य भोटेकोशी, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज शेयर मूल्य धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन् ।
कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आइसिएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।
डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिलो नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल छ ।
आज धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँग मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक छ ।
यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन् ।
वि.सं.२०७८ पुस २० मंगलवार १६:१४