Texas College
YouTube Link

यसरी मिल्यो पाँच दलीय सत्ता गठबन्धनमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागबण्डा

Facebook Link

 

काठमाडौं: सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाएका छन् ।

 

पाँच दलको सहमति अनुसार  यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले खाली भएका छन् ती स्थानमा त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको छ ।

 

सहमति अनुसार माओवादीलाई चार वटा, नेकपा एकीकृत समाजवादीलाई चार वटा र काङ्ग्रेसलाई छ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको छ ।

 

प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक-एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति गरेका छन् ।

 

प्रमुख प्रतिपक्षी एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिइसकेको छ ।

 

एमालेले कर्णालीका उम्मेदवारको टुंगो गरिसकेको छ ।

 

राष्ट्रियसभामा एक मनोनीतसहित ४ वर्षे कार्यकाल पूरा गरेका २० जनाको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ ।

 

राष्ट्रियसभा निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

 

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।

 

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...