YouTube Link

आजदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु, १४ खेलाडी सहभागी, १६ जना अनुपस्थित

Facebook Link

काठमाडौं: त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको हो ।

यही वर्ष सन् २०२२ अस्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट प्रतियोगिता हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)बाट कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएको हो ।

यसअघि क्यानले आईतबारदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् ।

क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने जनाएको छ ।

कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा भने थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका छन् ।

क्यानका अनुसार पीसीआर परीक्षण लगायत प्रक्रिया बाँकी रहेकाले १६ खेलाडी आज अनुपस्थित भएका छन् ।

पीसीआर परीक्षण भएर रिपोर्ट नेगेटिभ भएपनि सागर ढकाल बिरामी छन् भने नन्दन यादव, हरिशंकर साह, विनोद भण्डारी, सुसन भारी र विक्रम सोबको स्वाब संकलन भइसकेको छ तर रिपोर्ट आउन बाँकी रहेकाले यी ६ जना होटलमै छन् ।

यसैगरी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा, रोहित पौडेल, करण केसी र कुशल भुर्तेलको भने स्वाब संकलन हुनै बाँकी छ ।

यी ९ खेलाडी मंगलबारसम्म सहभागी हुने क्यानले जनाएको छ ।

यस्तै कप्तान सन्दीप लामिछाने भने अहिले अस्ट्रेलियामा छन् ।

उनीहरू बाहेक अहिले शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर र किशोर महतो गरी १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...