सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौ चरणका खेलहरु हुँदै, आर्मी र एपीएफ भिड्दै
वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:११
2.1K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट सातौं चरणका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछन् ।
लिगको सातौं चरण अन्तर्गत पहिलो खेलमा दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र आर्मीबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा छ ।
एपीएफलाई रेलिगेसनको डर अझै रहेको छ ।
त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ ।
आर्मी जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ ।
आर्मी ६ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा फ्रेन्ड्स क्लब र एनआरटीबीच खेल हुनेछ ।
फ्रेन्ड्स र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।
फ्रेन्ड्सले आज एनआरटीलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।
एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।
वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:११



















