YouTube Link

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: बेलायती प्रधानन्त्री थेरेसा मेको राजीनामाको घोषणापछि बेलायतको सत्तामा मेको स्थान लिन आउने सम्भावित नाममाथि चर्चा सुरु भएको छ । अहिले १२ भन्दा बढी यस्ता सांसद छन् जो प्रधानमन्त्री पदको दौडमा सहभागी हुने सम्भावना देखिएको छ ।

हालसम्म ५ जनाको नाम सर्वाजनिक भइसकेको छ, जो सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता बन्न चाहन्छन् । बेलायतमा पार्टीको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । हालसम्म सार्वजनिक भएका नाममा मे सरकारका विदेशमन्त्री जेरमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट र स्वास्थ्यमन्त्री म्याट ह्यान्कक छन् । त्यस्तै पूर्व विदेशमन्त्री बोरिस जोन्सन, पूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे पनि प्रधानमन्त्री बन्न चाहने नामको सूचिमा छन् ।

सत्ताधारी कन्जरभेटिभ पार्टी भित्रको नेतृत्वको प्रतिस्पर्धाले नै बेलायतको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्नेछ । म्याक ह्यान्ककले भनेका छन् कि थेरेसा मेको स्थान लिन आउने नयाँ नेतृत्वले ब्रेक्जिट सम्झौतामाथि सहमति बनाउनका लागि धेरै इमानदार हुनुपर्नेछ ।

प्रधानमन्त्री मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन् । उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने बताएकी थिइन् । आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भइसक्ने कन्जरभेटिभ पार्टीका नेताहरूले अपेक्षा गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...