YouTube Link

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

Facebook Link

एजेन्सी: बेलायती प्रधानन्त्री थेरेसा मेको राजीनामाको घोषणापछि बेलायतको सत्तामा मेको स्थान लिन आउने सम्भावित नाममाथि चर्चा सुरु भएको छ । अहिले १२ भन्दा बढी यस्ता सांसद छन् जो प्रधानमन्त्री पदको दौडमा सहभागी हुने सम्भावना देखिएको छ ।

हालसम्म ५ जनाको नाम सर्वाजनिक भइसकेको छ, जो सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता बन्न चाहन्छन् । बेलायतमा पार्टीको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । हालसम्म सार्वजनिक भएका नाममा मे सरकारका विदेशमन्त्री जेरमी हन्ट, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट र स्वास्थ्यमन्त्री म्याट ह्यान्कक छन् । त्यस्तै पूर्व विदेशमन्त्री बोरिस जोन्सन, पूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे पनि प्रधानमन्त्री बन्न चाहने नामको सूचिमा छन् ।

सत्ताधारी कन्जरभेटिभ पार्टी भित्रको नेतृत्वको प्रतिस्पर्धाले नै बेलायतको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्नेछ । म्याक ह्यान्ककले भनेका छन् कि थेरेसा मेको स्थान लिन आउने नयाँ नेतृत्वले ब्रेक्जिट सम्झौतामाथि सहमति बनाउनका लागि धेरै इमानदार हुनुपर्नेछ ।

प्रधानमन्त्री मेले शुक्रबार आफूले पार्टी नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन् । उनले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने बताएकी थिइन् । आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भइसक्ने कन्जरभेटिभ पार्टीका नेताहरूले अपेक्षा गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...