YouTube Link

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानमा एपिएफ र सुदुर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी क्रिकेट मैदानमा प्रदेश ५ र प्रदेश ३ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा त्रिभुवन आर्मीले दोस्रो जित निकालेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ लाई १ सय १३ रनले पराजित गर्दै आर्मीले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो । आर्मीले प्रस्तुत गरेको दुइ सय पाँच रनको लक्ष्य पछ्याएको प्रदेश एक २६ दशमलब ५ ओभरमा ९१ रनमा समेटियो ।

टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ४५ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

यस्तै आईतबार भएको अर्को खेलमा नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो । पुलिसले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...