मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेजले दिइन् राजीनामा
वि.सं.२०७६ जेठ १३ सोमवार ०८:३८
741
sharesएजेन्सी: मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् । गत शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।
मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् । त्यस्तै, उनले मेक्सिकोमा परिवर्तन चाहने भए सबैलाई समान र न्यायिक व्यवहार हुनुपर्ने तथा कोही व्यक्तिका कारण बहुसंख्यक मानिसलाई हानी हुन नहुने समेत जनाएकी छिन् ।
वि.सं.२०७६ जेठ १३ सोमवार ०८:३८