इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित
वि.सं.२०७८ मंसिर १६ बिहीवार ०७:१४
2.1K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा खेलको २७औं मिनेटमा रुवेन डियासले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए ।
खेलको ४३औं मिनेटमा बर्नार्डा सिल्भाले गाब्रियल जेससको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
एस्टन भिल्लाका लागि ४७औं मिनेटमा ओले वाट्किन्सले डुगलस लुइजको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
जितसँगै सिटीको १४ खेलबाट ३२ अंक छ । शीर्षस्थानको चेल्सीको ३३ अंक छ । पराजित भिल्ला १६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर १६ बिहीवार ०७:१४



















