चेल्सीद्वारा वाट्फोर्डलाई २-१ गोल अन्तरले पराजित
वि.सं.२०७८ मंसिर १६ बिहीवार ०७:२८
1.5K
shares
काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक-एक गोल गरे ।
वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए ।
वाट्फोर्डको मैदानमा माउन्टले २९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा डेनिसले गोल गर्दै वाट्फोर्डलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७२ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै चेल्सीले शीर्ष स्थान कायम राखेको छ ।
चेल्सीले १४ खेलमा ३३ अंक जोडेको छ ।
वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर १६ बिहीवार ०७:२८



















