YouTube Link

नेपाल राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा उच्च गिरावट, १०९ अर्बको आय ३२ अर्ब रुपैयाँमा खुम्चियो

Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकको कुल विस्तृत आय ३२ अर्ब ५५ करोड १५ लाख ३९ हजारमा झरेको छ । खुद सञ्चालन आम्दानीमा उच्च गिरावट आएको छ ।

 

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०७७/७८ मा यस्तो आम्दानीमा २४.९६ प्रतिशतले गिरावट आएको छ ।

 

अघिल्लो वर्ष कुल विस्तृत आय १ खर्ब ९ अर्ब ४५ करोड २१ लाख ४० हजार रहेको थियो । यो ७२.६४ प्रतिशतको गिरावट हो ।

 

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी २४ अर्ब ७३ करोड रुपैयाँ भएको छ । खुद सञ्चालनमा आम्दानीमा खुद ब्याज आम्दानीको हिस्सा ८८.२३ प्रतिशत, विदेशी बिनिमय खरीद बिक्रीबाट हुने आम्दानीको हिस्सा ७.७ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश ४.०७ प्रतिशत रहेको छ ।

 

खुद ब्याज आम्दानी नै २६.३७ प्रतिशतले घटैर २१ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ । विदेशी बिनियमय खरीदबिक्रीबाट हुने आम्दानी भने ११.११ प्रतिशतले बढेर एक अर्ब ९० करोड ३८ लाख ४० हजार पुगेको छ ।

 

आर्थिक वर्ष २०७७/७८ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३१.३९ प्रतिशतले घटेर १९ अर्ब ३५ करोड ६४ लाख ७० हजार कायम भएको छ ।

 

यस्तो खुद आय आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब २१ करोड १३ लाख ७७ हजार रहेको थियो ।

 

विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ८ अर्ब १९ करोड २२ लाख ११ हजार र सुन तथा चाँदी पुनर्मूल्याङ्कन लाभ ३ अर्ब ६९ लाख २८ हजार समायोजनपछि खुद आय ३० अर्ब ५५ करोड ५६ लाख ९ हजार कायम भएको छ । गत वर्ष खुद आय १ खर्ब ७ अर्ब ९४ करोड ६१ लाख २४ हजार रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...