YouTube Link

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत ३० जिल्लामा अधिवेशन आज हुँदै

Facebook Link

 

काठमाडौं: नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन आज हुँदैछ ।

 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा आज अधिवेशन हुन लागेको जनाएको छ ।

 

एक मात्र निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा अधिवेशन सकिएको छ । एउटा निर्वाचन क्षेत्र भएका धनकुटा, सोलुखुम्बु, रसुवा र दार्चुलामा जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । दार्चुला र सोलुखुम्बुमा आज अधिवेशन सम्पन्न हुने बताईएको छ ।

 

धनकुटामा अधिवेशन स्थगित भएको छ भने रसुवामा पालिका अधिवेशन गर्न विहीबार निर्वाचन अधिकृत खटाइएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला गोरखामा पनि काँग्रेस अधिवेशन सम्पन्न भएको छ ।

 

बाँकी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आजबाट अधिवेशन सुरु हुन लागेको हो । प्रदेश दुईका ८ वटा जिल्लामा भने आज जिल्ला अधिवेशन सुरु हुने अवस्था छैन । सिरहामा वडा अधिवेशनसमेत सम्पन्न भएको छैन ।

 

अन्य जिल्लामा प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी छ । यस्तै प्रदेश अधिवेशन आयोजना गरिने कैलाली र मकवानपुरमा जिल्ला अधिवेशन सर्ने भएको छ । धनुषामा पनि प्रदेश अधिवेशनअघि जिल्ला अधिवेशन सम्पन्न गर्न कठिन छ ।

 

यता एमालेको महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन प्रदेश अधिवेशन हुने जिल्लाको अधिवेशन स्थगित गरिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...