नेपाल बन्दको दिनमा पनि नेपाल बारको आन्दोलन
वि.सं.२०७८ कात्तिक ३० मंगलवार ११:३६
2.3K
shares
काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।
२३ दिनदेखि आन्दोलनरत बारले आज बिहान सर्वोच्च अदालतमा धर्ना बसेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।
प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार ११:३६



















