आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पत्रकारहरुलाई नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रह
‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’
वि.सं.२०७८ कात्तिक २७ शनिवार १५:४८
2.4K
shares
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताएका हुन् ।
‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, नेपालले भने ।
‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।
वि.सं.२०७८ कात्तिक २७ शनिवार १५:४८



















