Texas College
YouTube Link

विवाद चर्किरहेका बेला सर्वोच्चले तोक्यो पेशी

नेपाल बार एसोसियशन र सर्वोच्च अदालत बार एसोसियशनले जबरालाई भेटेर राजीनामा दिन आग्रह गर्ने

Facebook Link

 

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अन्य न्यायाधीशहरुको विवाद चर्किरहेका बेला सर्वोच्चले मंगलबार पनि पेशी तोकेको छ ।

 

सर्वोच्च प्रशासनले मंगलबारका लागि ८ वटा एकल र संयुक्त इजलास तोकेको छ ।

 

सोमबारदेखि नै १४ न्यायाधीशहरुले इजलास बहिष्कार थालेकाले सुनुवाइ भने अनिश्चित भएको छ । सोमबार पनि सर्वोच्च प्रशासनले ७ वटा इजालस तोकेको थियो ।

 

तर प्रधानन्यायाधीशविरुद्ध उभिएका कुनै पनि न्यायाधीशहरु सुनुवाइका लागि इजलासमा पसेनन् ।

 

बरु जबराविरुद्ध रणनीति बनाउनमै उनीहरु केन्द्रित भए । वरिष्ठ न्यायाधीश दीपक कार्की, हरिकृष्ण कार्की र मीरा खड्कासहितका १४ न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटिरहेका छन् ।

 

उनीहरुले उक्त भेटका क्रममा जबरालाई पद त्यागेर निकास दिन दबाब दिने भएका छन् ।

 

प्रधानन्यायाधीशलाई भेट्न जानुअघि मंगलबार पनि उनीहरु छलफलमा जुटेका थिए । छलफलपछि उनीहरु जबराको च्याम्बरमा छिरेका छन् ।

 

मंगलबारै नेपाल बार एसोसियशन र सर्वोच्च अदालत बार एसोसियशनले जबरालाई भेटेर राजीनामा दिन आग्रह गर्ने भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...