YouTube Link

लण्डनको वेलिङमा नेपालीको निम ट्रि फार्मेसी

Facebook Link

लण्डन: कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ ।

 

युके, दुबई तथा नेपालमा कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो ।

 

युकेमा एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उनले चर्चा गरेका थिए ।

 

त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सिइओ राजन कँडेलले चर्चा गरेका थिए । कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उनले बताए ।

 

उनले भने, ‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’

 

उनले अगाडि भने, ‘यस क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका छन् । नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार छौँ । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन । फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ ।’

 

त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे बताएकी थिइन् ।

 

फार्मेसीको उद्घाटन कार्यक्रममा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरु बिन्दु गुरुङ, कमल गुरुङ, महासचिव केदार थपलिया, सचिव होमनाथ ज्ञवाली, कोषाध्यक्ष दिपेन सिटौला लगातयत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

त्यस्तै उपस्थित हुनेमा कँडेल ग्रुप अध्यक्ष उपेन्द्रराज शर्मा, निर्देशक महेन्द्र कँडेल, नरेन्द्र कँडेल रहेका थिए । पशुपति मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा र रियल स्टेट व्यवसायी तथा लेखक प्रगति ओझाको उपस्थिति रहेको थियो ।

 

होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । फार्मेसीका विजनेश पार्टनर विशाल सापकोटा कार्यक्रमको संयोजक रहेका थिए ।

 

यस फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशन जस्ता सुविधाहरु उपलब्ध हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...