YouTube Link

साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सको पहिलो जित

बंगलादेशलाई ३-० ले पराजित

World Cup 2026
Facebook Link

एजेन्सीः साफ च्याम्पियनसिपमा आयोजक तथा साविक विजेता घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप -२०२१ मा पहिलो जित हात पारेको छ ।

राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-० ले पराजित गरेको हो ।

राजधानी मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरमिा सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा अग्रता लिदै दुवै गोल गरेको हो ।

खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किक मार्फत उत्कृस्ट गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

७४ औं मिनेटमा पाएको पेनाल्टीको मौकलाई अस्फाकले नचुकी गोल गर्दै माल्दिभ्सलाई २-० को अग्रता बनाएका थिए ।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ ।

३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।

लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।

बंगलादेश दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छ ।

यस्तै २ खेलबाट दुई बराबरी सहित २ अंक जोडेको भारत चौथो स्थानमा रहेको छ ।

साफ च्याम्पियनसिपमा ३ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा छ ।

श्रीलंका साफ च्याम्पियन्ससिपको फाइनल होडबाट बाहिरिसकेको छ ।

अब नेपालले तेस्रो खेल आइतबार भारतसँग खेल्दैछ ।

उक्त खेल जितेमा नेपाल एक खेल अगावै अंक तालिकामा शिर्ष स्थानमा रहदै फाइनल पुग्नेछ ।

नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।

यो पनि पढ्नु होस्ः

स्पेनले ३७ खेलसम्मको अपराजित इटालीलाई पूर्णविराम दियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...