Rajshow Bivag

बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि

Departmant of helth services

काठमाडौं:   बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो ।

 

बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीले कात्तिक १ देखि लागू हुने गरी बागमति प्रदेशभित्र लागू हुने गरी साबिकको दररेटमा २३ प्रतिशतसम्म वृद्धि हुने गरी सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेका हुन् ।

 

साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले अधिकतम ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

 

उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरी यात्रा गर्दा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने नियम कात्तिक १ गतेबाट लागू हुने भएको हो । काठमाण्डौमा २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्नेले ३० रुपैयाँसम्म, १५ किलोमिटरसम्म यात्रा गर्नेले २७ रुपैयाँसम्म, १० किलोमिटरसम्म रु. २३ र ५ किलोमिटरसम्म रु १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

 

यसरी हेर्दा उपत्यकामा समेत सबैभन्दा छोटो दूरीको यात्रा गर्नेले कम्तीमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सबैभन्दा कम १५ रुपैयाँ तिर्नुपथ्र्यो भने सबैभन्दा बढी २० रुपैयाँ लाग्थ्यो ।

यो पनी पढ्नुहोस् :

स्पेनले ३७ खेलसम्मको अपराजित इटालीलाई पूर्णविराम दियो

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...